चैत्र १३ २०८१, बुधवार

खो–खो विश्वकपको पहिलो संस्करणमा उपविजेता भएका नेपाली पुरुष तथा महिला टोली हिजो स्वदेश फर्किए

खो–खो विश्वकपको पहिलो संस्करणमा उपविजेता भएका नेपाली पुरुष तथा महिला टोली हिजो स्वदेश फर्किएका छन् ।
Ads

 

भारतको नयाँ दिल्लीमा रहेको  इन्दिरा गान्धी इन्डोर रङ्गशालामा अस्ति आइतवार भएको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेता भएका थिए । महिला टोलीले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

Ads

समूह चरणमा बङ्गलादेश, श्रीलङ्का, भुटान र जर्मनीलाई नेपालले पराजित गरेको थियो । पुरुषतर्फ भने समूहचरणमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हरायो । यसैगरी नेपालले क्वार्टर फाइनलमा बङ्गलादेशलाई पन्छाउँदै भारतसँग भेट पक्का गरेको थियो ।

यसैबीच पहिलो विश्वकपमा नै उपविजेता भएर दुवै नेपाली खो–खो टोलीले खेलकुदमा पाएको यो ऐतिहासिक उपलब्धि भन्दै दुवै टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार