चैत्र १३ २०८१, बुधवार

नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार दोस्रो जीत हासिल गर्यो

नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार दोस्रो जीत हासिल गरेको छ ।
Ads

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको खेलमा जनकपुरले धनगढीलाई ३७–३१ को स्कोरमा पराजित गरेको हो ।

जीतसँगै जककपुरले पाँच अङ्क जोडेको छ । यो सँगै जनकपुरले दुई खेलमा १० अङ्क भएको छ । पराजित धनगढीले पहिलो एक अङ्क जोडेको छ । पहिलो खेलमा जनकपुरले हिमालयन रोइडर्सलाई ३५–२४ ले हराएको थियो । धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६–३४ ले पराजित भएको थियो ।

Ads

आज दुई वटा खेल हुँदैछन् । बेलुका साढे ५ बजे काठमाण्डौ मेभेरिक्स र हिमालयन राइडर्स तथा  साढे ६ बजे जनकपुर नाइट्स र बिराटनगर बन्डिट्स खेल्दैछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार