चैत्र १३ २०८१, बुधवार

राखेप कभर्डहलमा हिजो भएको खेलमा धनगढी ३८–३३ ले विजयी

नेपाल कबड्डी लिग (एनकेएल) मा धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हराएको छ ।
Ads

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हिजो भएको खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो ।

प्रतियोगितामा धनगढीको यो पहिलो जीत हो । योसँगै धनगढी ६ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।

Ads

तीन अङ्कसहित पोखरा अङ्क तालिकाको पुछारमा छ । ६ टोली सहभागी प्रतियोगितामा जीतविहीन रहने टोली पोखरामात्रै हो ।

प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बेलुका साढे पाँच बजे धनगढी र काठमाण्डौ माभरिक्स खेल्दैछन् । यस्तै दोस्रो खेलमा बेलुका साढे ६ बजे जनकपुर नाइट्स र पोखराबीच खेल हुँदैछ ।  

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार