चैत्र १३ २०८१, बुधवार

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हरायो

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएजसी) ले म्यानचेस्टर सिटीलाई हराएको छ ।
Ads

गएराति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।

त्यस्तै गएराति भएका अरु खेलमा इन्टर मिलनले स्पार्टा प्राहालाई र एसी मिलानले गिरोनालाई समान १–० गोलले, आर्सनलले डिनामो जग्रेबलाई र फेएनोर्डले बार्यन म्युनिखलाई समान ३–० गोलले हरायो ।

Ads

रियल मड्रिडसँग आरबी साल्जबर्ग ५–१ गोलको फराकिलो अन्तरले पराजित भएको छ । सेल्टिक एफसीले  योङ्ग ब्वाइजलाई १–० गोलले हराएको छ । हिजो बेलुका भएको खेलमा आरबी लाइपजिगले स्पोर्टिङलाई २–१ ले र  शाख्तर डोनेत्स्कले ब्रिस्टलाई २–० ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा लिभरपुल ७ खेलमा २१ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अङ्कसहित दोस्रो र आर्सनल १६ अङ्कसहित तेस्रो स्थानमा छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार