त्रिपुरेश्वर हिजो भएको खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गर्यो
जीतसँगै जनकपुरले चार खेलबाट १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । पोखरा समान खेलबाट चार अङ्कसहित पुछारमा छ ।
यस्तै हिजो नै भएको पहिलो खेलमा काठमाण्डौ माभरिक्सले धनगढी वाइल्डक्याट्सलाई पराजित गरेको थियो । काठमाण्डौ ५१–३६ ले विजयी भएको हो ।
जीतसँगै काठमाण्डौ चार खेलबाट १६ अङ्क जोडेर दोस्रो स्थानमा छ । धनगढी समान खेलबाट ६ अङ्कका साथ चौथो स्थानमा छ ।
आज बेलुका साढे ५ बजे हिमालयन राइडर्स र विराटनगर बन्डिट्स तथा साढे ६ बजे काठमाण्डौ र जनकपुर खेल्दैछन् ।
प्रतिक्रिया