आश्विन ०६ २०८३, मंगलबार

काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदै

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ ।

 

उपाधिका लागि बेलुका साढे ५ बजे सङ्कटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ ।

 प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म  एक सय र  दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार