२५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनल खेल शुरू हुँदै
पहिलो सेमिफाइनलमा आज भुटानको आरटीसी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । आरटीसीले राष्ट्रिय जागृति क्लब इटहरीलाई र चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई हराएर सेमिफाइनलमा पुगेका हुन् ।
यस्तै भोलि दोस्रो सेमिफाइनलमा काठमाण्डौको न्यूरोड टिम (एनआरटी) र भारतको यूके एफसीबीच खेल हुनेछ ।
हिजो भएको खेलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो ।
यस्तै यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया