माघ २६ २०८१, शनिबार

क्रिस्टियानो रोनाल्डोले गरेको गोलबाट अल नासर पुग्यो साउदी सुपर कपको फाइनलमा

Ads


काठमाण्डाै – अल ताओनलाई हराउँदै अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । साउदीको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा गएराति भएको सेमिफाइनलमा अल ताओनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि खेलको ८ औं मिनेटमा एहन अहमद र खेलको ५७ औँ मिनेटमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरे । यो गोलसँगै रोनाल्डो लगातार २३ सिजनमा कम्तीमा एक गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अल नासरका मार्सेलो ब्रोजोभिच खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

Ads

अब अल नासरले उपाधिका लागि फाइनलमा अल हिलालसँग खेल्नेछ । अल हिलालले अल एहेलीलाई ट्राइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार