श्रावण २२ २०८३, शुक्रबार

"भ्यालेन्टाईन" WWW.PARDAPHAS.COM

"भ्यालेन्टाईन"
                      * पुष्प आर जे *

No photo description available.

सेता पानाहरुमा
मन का कुचि रुपि कलमले 
धेरै मूर्त अनि अमूर्त तस्बिरहरू 
डर अनि मायाले बनाईएका 
क्यानभासहरु
च्यातेर प्याँक्दा
मनमा उठेका छालहरु 
त्यसै त्यसै हराएको बर्षै पछि।

म 
फेरि दुस्साहस गरिरहे छु
त्यस्तै मायाका
क्यानभास रंगाउन
मन का ब्रसहरुले
बर्षौ पछि छोडिएको 
मायालुलाई सम्झेर 
फेरि गुलाबहरुले
उनको मुहार हसाउन
भुलेका ती याद अनि
बर्षै देखि नमुस्कुराएको मुहारमा।

ओहो....
पहिलो प्रस्तावमा गालि अनि 
धम्की देखि डराएर भाग्दा भाग्दै 
अचानक भित्रै बाट हिम्मतले
ग्रेटिङ्ग कार्ड सगै एउटा गुलाफ 
डराएको अनि रिसाएको  
भाव अनुहारमा कता कता
थोरै मुस्कान लिएर
मेरो प्रस्तावमा थोरै 
सहिछाप सगैँ।

आज त बर्षौ भएछ 
मेरो अर्धाङ्गिनि भएर
कयौं पल्ट अंगालोमा 
मायाको प्रस्ताव सगै
राता गुलाबहरु सगै
बिगत देखि बर्तमान सम्म
मेरो उनी संग को
valentines!!
****          *****         ****

प्रतिक्रिया

सम्बन्धित समाचार
असोज ११ २०८२,आइतबार
असोज ०८ २०८२,बिहिबार