नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्री यूएस ओपनमा निर्णायक
आज फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० देशका झन्डै २४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले यूएस ओपनमा निर्णायकको भूमिका निभाउन लागेको यो लगातार तेस्रोपल्ट हो ।
विश्व तेक्वान्दोले युएस तेक्वान्दो र यूएस ओलम्पिकको संयोजनमा आयोजना गर्ने प्रतियोगिता विश्वको ठूलो प्रतियोगितामध्ये एक हो । क्षेत्रीले यसअघि सन् २०२३ मा लस भेगास र गएको वर्ष रेनोमै भएको यूएस ओपन च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाएका थिए ।
त्यस्तै दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए ।
प्रतिक्रिया