वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङसँगको खेलमा नेपाल २ रनले पराजित
हिजो भएको नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । पूजा महतोले १९ र बिन्दु रावलले १४ रन जोडे । बलिङतर्फ मारिको हिलले २ विकेट लिइन् ।
त्यसअघि युगान्डाको एन्टेबे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा एक सय रन बनाएको थियो । उसका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ र क्यारी चानले १२ रन जोडे ।
नेपालकी इन्दु बर्मा र इश्वरी विष्टले २/२ विकेट लिए । पूजा महतो र रचनाकुमारी चौधरीले १/१ विकेट लिए ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई पराजित गरेको थियो ।
चार देश सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोली उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।
प्रतिक्रिया