गोल्डेन सनराइजका विद्यार्थी, शिक्षक र अभिभावकलाई लाइफलाइनमा १५% छुट
पर्दाफास, २०८२ बैशाख १, गौरादह, झापा —
गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले गौरादहले दमक स्थित लाइफलाइन अस्पताल सँग सहकार्य गर्ने भएको छ । सहकार्य अनुसार गोल्डेन सनराइज आवद्ध शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले लाइफ लाइन अस्पतालमा उपचार गर्दा १५ प्रतिशत छुट सुविधा पाउने भएका हुन् ।
यो सहकार्यअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक तथा शिक्षकहरूलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ।
शिक्षा र स्वास्थ्यलाई समान महत्व दिने उद्देश्य अनुरुप नियमित स्वास्थ्य परीक्षण र आकस्मिक उपचारमा समेत विद्यार्थी र अभिभावकलाई सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको विद्यालयका संयोजक रोहित आचार्यले बताए ।
स्वास्थ्य संस्थाले विद्यालयसँग आबद्ध सबैलाई परिचयपत्रको आधारमा छुट सुविधा दिनेछ। छुटको दायरा सामान्य चेकअप, विशेषज्ञ परामर्श, ल्याब परीक्षण तथा अन्य उपचार सेवासम्म रहेको आचार्यको भनाइ छ।
उक्त छुट सुविधा नयाँ शैक्षिकसत्र बाटै लागू हुने जनाइएको छ ।
स्थानीय समुदायले यस पहलको स्वागत गर्दै विद्यालयको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई प्रशंसा गरेको छ।
गोल्डेन सनराइजले केवल शिक्षामा मात्र नभई विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकास र स्वास्थ्यप्रति पनि उदाहरणीय पहल गर्दै आएको प्रमाण यस सहकार्यले पुष्टि गरेको छ भने अर्को तिर निजि बिद्यालयहरु व्यवसायीक उद्देश्यले मात्रै खोलिएका हुन्छन् वा उनीहरुको सामाजिक उत्तरदायीत्व रहदैन भन्ने तथ्यलाई बलियो जवाफ समेत प्रदान गरेको छ ।
प्रतिक्रिया