वैशाख ३१ २०८२, बुधवार

शिक्षा ऐनको माग गर्दै गौरादहका शिक्षक आन्दोलनमा

Ads

 

गौरादह, झापा – २०८२ बैशाख ४ गते

Ads

शिक्षा विधेयक संसदबाट पारित गराउन दवाव दिने उद्देश्यका साथ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सुरु गरेको आन्दोलनले झापा जिल्लाको गौरादह नगरपालिकामा समेत चर्को रुप लिएको छ। नेपाल शिक्षक महासंघ, नगर समिति गौरादहले सार्वजनिक सूचना जारी गर्दै नयाँ भर्ना लगायतका सम्पूर्ण विद्यालयीय गतिविधिहरु अर्को सूचना नभएसम्म स्थगन गर्न आह्वान गरेको छ।

२०७८ सालदेखि पटकपटक भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले २०८१ माघ २० गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको र २०८१ फागुन २० गतेदेखि अनिश्चितकालीन काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको महासंघले जनाएको छ।

Ads

गौरादह नगर शिक्षक महासंघले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति तथा नगरपालिका लगायत सम्पूर्ण शैक्षिक सरोकारवालाहरुलाई जारी आन्दोलनलाई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

सह–सचिव अंग प्रसाद काफ्ले र सह–अध्यक्ष हरिप्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा शिक्षाको गुणस्तर र व्यवस्थापनमा सुधार ल्याउन शिक्षा ऐन तत्काल जारी गर्न माग गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार