माघ २६ २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति ब्राइटन, टोटनहम, वेस्टहम, नटिङघम फरेस्ट, फुलहम, म्यानचेटर सिटी र आर्सनल विजयी भएका छन्

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति ब्राइटन, टोटनहम, वेस्टहम, नटिङघम फरेस्ट, फुलहम, म्यानचेटर सिटी र आर्सनल विजयी भएका छन् । ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको छ । खेल बराबरीतर्फ गएकोमा इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि ब्राइटन विजयी भयो ।
Ads

 

 

Ads

अर्को खेलमा टोटनहमले एभर्टनलाई ४–० गोलले हरायो । उसका सन ह्युङ मिनले दुई गोल गरे । अर्को खेलमा वेस्टहमले क्रिष्टल प्यालेसलाई २–० गोलले हरायो । यस्तै नटिङघम फरेस्टले साउथह्याम्प्टनलाई १–० र फुलहमले लेस्टर सिटीलाई २–१ गोलले हराए ।

अर्को खेलमा इर्लिङ हलाण्डको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इपस्वीच टाउनलाई ४–१ गोलले हरायो । गएरातिको अन्तिम खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोलले पराजित गर्‍यो । समान छ अङ्क भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा, ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा छन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार