बुटवलमा नारायणगढ सडक अवरुद्ध
बुटवलमा नारायणगढ सडक अवरुद्ध
अविरल वर्षाका कारण आएको बाढीले बुटवल-नारायणगढ सडकखण्डका डाइभर्सन बगायो, जसले गर्दा सडक पूर्ण रूपमा अवरुद्ध भयो।
सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोला क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्, जसले यात्रुलाई समस्या पारेको छ।
खोर्सानी खोलामा तरकारी बोकेको बलेरो जिप बाढीले बगायो, तर मानवीय क्षति भने भएन र सडक खुलाउन कठिनाइ भइरहेको छ।
बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्।
यसैगरी खोर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु३च ८४९३ नम्बरको तरकारी बोकेको बलेरो जिप समेत बगाएको छ।
प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार जिप बगाए पनि मानवीय क्षति भने नभएको र खोला घट्न नसक्दा सडक खुलाउन कठिन भइरहेको छ।
प्रतिक्रिया