रास्वपाले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारीको विरोधमा आवाज उठायो
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कडा आपत्ति जनाएको छ। सोमबार जारी गरेको विज्ञप्तिमा रास्वपाका उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीले बजारमा कालो बजारीलाई प्रश्रय दिइएको र उपभोक्तालाई भ्रमपूर्ण विज्ञापनमार्फत झुक्याउने प्रयास भइरहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा रास्वपाले उपभोक्ताहरूको संवैधानिक हकको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यसमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक, मुल्य, शुद्धता, र गुणस्तर जस्ता कुरामा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ। रास्वपाले चाडपर्वको बेला उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ।
प्रतिक्रिया