जेष्ठ २८ २०८३, बिहिबार

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस

हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
Ads

 

न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा धेरै अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । तीमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवम् परिषद् सदस्य इन्दिरा रानामगरले जानकारी दिनुभयो ।

Ads

वरिष्ठ अधिवक्ता राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आउँदो असोज १८ गते अवकाशमा जाँदै हुनुहुन्छ । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । न्यायपरिषद्ले राउतसँगै सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

Ads

सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रूपमा उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । उदयपुरमा २०१७ साल चैत १८ मा जन्मिएका राउत संसदीय सुनुवाइबाट अनुमोदित भएमा झण्डै १८ महिना न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार