कार्तिक ०७ २०८२, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

Ads

काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारदेखि सुरु भएको बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। उनका अनुसार सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक परिस्थिति र नीतिसम्बन्धी प्रतिवेदनमाथि सुझावहरू दिइरहेका छन्।

Ads

गौतमका अनुसार अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन लगायतका विषयमा सदस्यहरूले महत्त्वपूर्ण सुझाव दिएका छन्। प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्नका लागि तीन मिनेटको समय तोकिएको छ भने समयाभावमा विस्तृत विचारहरू लिखित रूपमा बुझाउन अनुरोध गरिएको छ।

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। जारी बैठक भोलि समापन गर्ने तयारी गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
कार्तिक ०२ २०८२,आइतबार
कार्तिक ०२ २०८२,आइतबार