वैशाख ३१ २०८३, बिहिबार

तिहारमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, पश्चिमी वायुको सामान्य प्रभाव मात्र

Ads

५ कात्तिक, काठमाडौं।
यो वर्षको तिहारका समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तर, पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन बुधबार पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव परेको छ।

Ads

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

Ads

आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

तिहारको मुख्य दिन बिहीबार पनि आजकै जस्तो मौसम रहने विभागले जनाएको छ। टीकाको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने भए पनि पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

Ads

त्यस क्रममा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको तिहार विशेष बुलेटिन मा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार