असार १५ २०८३, सोमबार

प्रधानमन्त्री सुशीला कार्की आज दलहरूसँग निर्वाचनबारे छलफल गर्दै

Ads

काठमाडौँ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्ने भएकी छन्।

हालसम्म निर्वाचन तयारीबारे दलहरूसँग औपचारिक संवाद नगरेको भन्दै उठिरहेको आलोचनामध्ये प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात वटा दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Ads

छलफल आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवासमा हुने भएको छ। बैठकमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, निर्वाचन सुरक्षा तथा अन्तरिम सरकारको जिम्मेवारीबारे विस्तृत विमर्श हुने बताइएको छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने म्यान्डेट पाएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार