असार १५ २०८३, सोमबार

राष्ट्रपतिद्वारा तिहार पर्वले आपसी सद्भाव र सुशासन प्रवर्द्धन गरोस् भन्ने शुभकामना

Ads

३ कात्तिक, काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न प्रेरित गरोस् भनी शुभकामना व्यक्त गरेका छन्।

तिहारको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

Ads

राष्ट्रपति पौडेलले नेपाल विविध संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै भनेका छन्, “हामीले मनाउने विभिन्न चाड–पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्। तीमध्ये तिहार हिन्दू धर्मावलम्बीहरूको महान् पर्व हो, जसले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ।”

उनले तिहारलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्वका रूपमा व्याख्या गरेका छन्। राष्ट्रपतिका अनुसार तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासहरूले मानव जीवनमा सत्य, न्याय र सामाजिक सुशासनको बाटोमा अघि बढ्न प्रेरणा दिन्छ।

Ads

तिहारलाई यमपञ्चक पनि भनिने उल्लेख गर्दै उनले काग, कुकुर, गाई, गोरु, र पर्वतको पूजा तथा लक्ष्मी आराधनाको धार्मिक परम्पराले प्रकृति, श्रम र धनप्रति सम्मानको भावना जगाउने बताए। भाइटीकाका दिन दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्ध झन् प्रगाढ बनाउने चलनले प्रेम, करुणा र सामाजिक एकताको सन्देश प्रवाह गरेको राष्ट्रपतिले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार