तिहारमा मौसम सामान्य रहने
२ कात्तिक, काठमाडौं ।
तिहारको समयमा देशभर सामान्य मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने भए पनि उल्लेखनीय रूपमा ठूलो मौसम प्रणालीको प्रभाव पर्ने देखिँदैन।
कात्तिक ३ (लक्ष्मीपूजा) देखि ६ (भाइटीका) सम्म देशको अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
तर कोशी, गण्डकी, वाग्मती र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा कहिलेकाहीँ फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
भाइटीकाका दिन पनि कोशी र मधेस प्रदेशसहितका केही पहाडी भूभागमा हल्का बदली रहने र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
प्रतिक्रिया