कार्तिक १६ २०८२, शनिबार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली, गण्डकीमा भारी वर्षा र हिमपातको सम्भावना

Ads

काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। यसको असरका कारण देशभर सामान्यतया बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Ads

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुने सम्भावना छ।

मौसम महाशाखाले भनेको छ,

Ads

“गण्डकी प्रदेशमा भारी वर्षासहित हिमपातको सम्भावना रहेकाले ती क्षेत्रका जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ।”

प्रतिक्रिया

सम्बन्धित समाचार