असार १५ २०८३, सोमबार

देशभर सामान्य मौसम, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

Ads

काठमाडौँ ।
देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

Ads

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार