उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन
काठमाडौं, ११ कात्तिक ।
शनिबारदेखि सुरु भएको चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको छ।
व्रतालुहरूले बिहानै नदी, पोखरी र छठघाटमा पुगेर सूर्य देवतालाई अर्घ्य अर्पण गरेका छन्। सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठ पर्वको विधिवत् समापन गरिएको हो।

काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका स्थानमा साथै तराई-मधेशका सबै क्षेत्रमा छठ पर्व भव्य रूपमा मनाइएको छ।
यस वर्ष गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्र करिब पाँच लाखभन्दा बढी श्रद्धालुहरूले छठ पूजा गरेको अनुमान गरिएको छ।

प्रतिक्रिया