उच्च हिमाली भूभागमा भारी हिमपात र आकस्मिक बाढीको चेतावनी, ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा
१२ कात्तिक, काठमाडौं ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, हिमपातका कारण कोशी, बागमती, कमला र कन्काई नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ । ती क्षेत्रमा सतर्कता तह नाघ्ने सम्भावना भएकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

यस्तै, काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली तथा मधेश र कोशी प्रदेशका पहाडी जिल्लाहरूमा स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।
संभावित वर्षा र हिमपातका कारण पहिरो, सडक तथा हवाई यातायात अवरुद्ध हुने, कृषि र पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्दै कमजोर हुँदै नेपाल नजिकको मध्य भाग हुँदै पूर्वतर्फ सर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया