प्रतिनिधिसभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया, संसद् विघटन बदर र संसद् पुनःस्थापनासम्बन्धी उत्प्रेषण तथा परमादेश आदेश माग्दै दायर रिटमा प्रारम्भिक सुनुवाइ सुरु भएको हो।

संवैधानिक इजलासमा यी सबै रिट निवेदनमाथि एकैपटक सुनुवाइ हुने बताइएको छ। यस विषयमा सर्वोच्च अदालतको निर्णयले आगामी राजनीतिक दिशानिर्देशनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया