असार १४ २०८३, आइतबार

मसल वर्कशपको तेस्रो वार्षिकोत्सव, ५५ पोका रगत संकलन

Ads


गौरादह, असार १४ – सारथी युवा क्लब गौरादह र मसल वर्कशप गौरादहको संयुक्त आयोजनामा मसल वर्कशप गौरादहको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ।
युवाहरूलाई सामाजिक तथा मानवीय सेवाका कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले गौरादह–९ को बैगुन्धुरा बजारमा सम्पन्न कार्यक्रममा रक्तदानसँगै अमर माध्यमिक विद्यालय बैगुन्धुरालाई दुई वटा फुटबल, भलिबल तथा स्किपिङ खेलकुद सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गौरादह–९ का वडाध्यक्ष उपेन्द्र निरौला, सामाजिक तथा शैक्षिक व्यक्तित्व, स्थानीयवासी, नेपाल रेडक्रस सोसाइटी पालिका शाखा गौरादह, रक्तसञ्चार केन्द्र विराटनगर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण ५५ जना रक्तदाता, सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, कार्यक्रमको व्यवस्थापन र संयोजन गरी सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाका आजीवन सदस्य तथा उदयीमान युवा व्यक्तित्व बिमल न्यौपानेप्रति विशेष सम्मान तथा कृतज्ञता व्यक्त गरिएको छ।
यस अवसरमा मसल वर्कशपलाई तेस्रो वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यमा निरन्तर सक्रिय रहन सफलताको कामना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार