असार ०५ २०८३, शुक्रबार

देश विकास गर्न भ्रष्टाचार मुख्य दुश्मन : मुख्यमन्त्री कार्की

Ads

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश विकास गर्नलाई भ्रष्टाचार दुष्मन भएको बताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना –२०८१ का सम्वन्धमा   अन्तरक्रियामा उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा  स्थापित गर्नुपर्नेमा जोड दिनु भयो ।

Ads

मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार हटाउन शुन्य सहनशिलताको नीति अवलम्बन गर्नु पर्ने बताउनुभयो । यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यक्ता रहेको उहाँले औल्याउनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेशमा भ्रष्टाचार विरुद्धको रणनीति बनाउन आवश्यक छलफल एवं कार्य शुरु गर्ने जानकारी दिनु भयो । भ्रष्टाचार नियन्त्रण गर्न विधि बनाएर प्रतिवद्धतासहित काम गरेमा सफल हुने भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो ,‘ देश विकासको लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकोले यस कार्यका लागि हामीसबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पर्छ’ ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र  गौतम,प्रमुख सचिब केदारनाथ शर्मा, प्रदेश सभा सदस्य  मालति सुब्बा ,सहसचिव राजेन्द्र थापा,  उपसचिव ओम प्रकाश पराजुलीले  भ्रष्टाचारको जोखिम पहिचान गरि निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचार विरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गरे नियन्त्रणमा सहयोग पुग्ने विचार राख्नु भयो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार