श्रावण ३१ २०८३, आइतबार

धनराज गुरुङको स्पष्टीकरण– भूपू श्रीमतीको कारोबारमा भूपू श्रीमानलाई जोड्न मिल्दैन

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि संसदमा स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले भूपू श्रीमतीको कारोबारमा आफूलाई जोड्नु कुनै पनि हिसाबले उपयुक्त नहुने बताए।

 

‘व्यापार–व्यवसायमा श्रीमान् अथवा श्रीमती दुईमध्ये एकजना जोडिँदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ । त्यसकारण मलाई त्यसमा जोड्न खोजिनु अनौठो होइन । तर, भूपू श्रीमान या भूपू श्रीमतीलाई भने त्यसरी जोड्नु व्यावहारिक, कानुनी र नैतिक दृष्टिले पनि मिल्दैन भन्ने हेक्का राखिनुपर्छ,’ गुरुङले भने।

सहकारीकी प्रबन्ध–निर्देशक भनिएकी ज्योति गुरुङसँग वर्षौँदेखि सम्बन्ध बिग्रेपछि ०७६ फागुन २९ गते नै सम्बन्धविच्छेद गरिसकेको प्रस्टीकरण दिँदै उनले सम्बन्धविच्छेद नक्कली भएको भन्नेहरूलाई दाबी पुष्टि गर्न चुनौती दिए। आफू संसदीय छानबिनका लागि समेत तयार रहेको भन्दै गुरुङले भने, ‘सम्बन्धविच्छेदपछि पूर्वश्रीमती  गुरुङबारे जानकारी हुने कुरै भएन । मित्रले भनेझैँ संसदीय छानबिन गर्नुपर्ने हुन्छ भने पनि म तयार छु।’

प्रतिक्रिया

सम्बन्धित समाचार