श्रावण २७ २०८३, बुधवार

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

 

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको हो। पक्राउपछि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण तथा जाहेरीमा उल्लेखित आरोपबारे प्रहरीले थप जानकारी सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार