श्रावण २९ २०८३, शुक्रबार

स्रोत नखुलेको ७६ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

 

काठमाडौं । काठमाडौंको कुलेश्वरबाट स्रोत नखुलेको ठूलो रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय नगद ३ लाख ४ हजार ३०० रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित अञ्चल फ्रुट सेन्टर पसलमा स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालिमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पसलमा छापा मारेको थियो।
प्रहरीका अनुसार पर्साको छिपहरमाई गाउँपालिका–२ घर भई काठमाडौंको कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुराहाको पसल तथा डेरा कोठामा चेकजाँच गर्दा उक्त रकम फेला परेको हो।
प्रहरीले बरामद रकमको स्रोत नखुलेको र हुण्डीसम्बन्धी कारोबारमा प्रयोग भएको आशंकामा साहलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका साहलाई हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार