श्रावण १६ २०८३, शनिबार

तिनकुनेमा भएको राजावादी आन्दोलन हाम्रो होईन - राप्रपा

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीनकुनेमा भएको राजावादी आन्दोलन आफूहरूले नगरेको बताएको छ।

शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनमा आफूहरूको नैतिक समर्थन मात्र भएको तर आयोजना नगरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने,'शुक्रबार तीनकुनेमा गरेको प्रदर्शन राप्रपाले आयोजना गरेको होइन्। यसमा राप्रपाले नैतिक समर्थन गरेको मात्र हो। प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र स्वयम म पनि सहभागी थिइन्। अब आन्दोलन कसरी अघि बढ्छ भन्ने विषयमा मलाई नसोध्नुस् धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई सोध्नुस्।'

यद्यपि प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतको उपस्थिति थियो।


    

    

   

प्रतिक्रिया

सम्बन्धित समाचार