श्रावण १७ २०८३, आइतबार

“गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचार? प्रमाण छ भने ल्याउ!” – भट्टराई

May be an image of text

२०७६ साउन १५ देखि २०७७ पौष ५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका नेकपा एमालेका नेता योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलसम्बन्धी निर्णयमा कुनै पनि अनियमितता नभएको दाबी गरेका छन्। आफूविरुद्ध प्रायोजित रूपमा प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत कडा चुनौती दिंदै उनले भनेका छन्, “राज्यलाई नोक्सानी पुर्‍याएको कुनै प्रमाण छ भने सार्वजनिक गरियोस्, मसँग सबै दस्तावेज छन्।”

भट्टराईले भ्रष्टाचारमा रमाउनेहरूलाई “काँक्रा आफू खाने, बियाँ अर्काको निधारमा टाँस्ने” प्रवृत्तिका आरोप लगाउँदै लेखेका छन्, “मेडिया ट्रायल गरेर उम्कन सकिंदैन। औँला उठाउनेहरू नै पर्नेवाला छन्।”

प्रतिक्रिया

सम्बन्धित समाचार