श्रावण १७ २०८३, आइतबार

रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम स्थगित

 

काठमाडौँ, वैशाख १७।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले बुधबार काठमाडौँस्थित कमलादीको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार अघिल्लो मुद्दामा बाँकी कैद सजाय कार्यान्वयन गर्न पक्राउ गरिएको हो। पक्राउपछि चौधरीलाई डिल्लीबजार कारागार लगिएको जानकारी प्रहरीले दिएको छ।

चौधरीको गिरफ्तारी सोही दिन आयोजना गर्न लागिएको जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम हुनै अघिको समयमा भएको हो। पार्टी एकता घोषणाका लागि तयारी भइरहेकै बेला चौधरी पक्राउ परेपछि कार्यक्रम स्थगित गरिएको बताइएको  छ।

२०७२ साल भदौमा टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर उनी जेलमुक्त भएका थिए।

तर उक्त आममाफीविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा फैसला सुनाउँदै अदालतले आममाफी बदर गरेपछि चौधरीलाई पुनः पक्राउ गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार