माघ २६ २०८१, शनिबार

सोलुखुम्बुको थामेका बाढी पीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत

साेलुखुम्बु – सोलुखुम्बुको थामेका बाढी पीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत भएका छन् । गएको साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेगाउँमा आएको बाढीमा फसेका नागरिकको उद्धार तथा अन्य कार्यमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई हिजो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।
Ads

\

 

Ads

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित दुई प्रहरी सहायक निरीक्षक, तीन प्रहरी हवल्दार, दुई प्रहरी सहायक हवल्दार र चार जना प्रहरी जवान रहेका छन् ।

थामेमा हिमपहिरोपछि गेग्रान र ढुङ्गासहितको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ घर पूर्ण र १० वटा घरमा आंशिक क्षति भएको थियो । यस्तै एउटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । हिमताल फुटेको क्षेत्र थामे बजारबाट झन्डै नौ किलोमिटर टाढा पर्छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार