भदौ १४ २०८३, आइतबार

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ १७ – आज देशका केही भूभागहरूमा मौसम थप बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेशमा र राति गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। त्यसैगरी, रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा मध्यम खालको वर्षा हुन सक्नेछ भने अन्य प्रदेशहरूमा पनि छिटफुट वर्षाको सम्भावना रहेको छ।

विशेषगरी रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। गत राति देशका केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

सावधानी अपनाउनुहोस्: भारी वर्षाको सम्भावनाका कारण पहिरो, बाढी तथा यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित समाचार