जेष्ठ १७ २०८३, आइतबार

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच थियानजिनमा महत्वपूर्ण भेटवार्ता

Ads

भदौ १७, काठमाडौँ – चीनको थियानजिनमा जारी शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

हिजो साँझ भएको उक्त भेट सुरुमा सञ्चारकर्मीहरूका उपस्थितिमा छोटो संवादबाट थालिएको थियो। त्यसपछि करिब आधा घण्टा दुई नेताबीच एकान्त छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Ads

भेटको क्रममा राष्ट्रपति पुटिनले नेपाल–रुस सम्बन्धको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै, सन् १९५६ मा तत्कालीन सोभियत संघसँग स्थापना भएको सम्बन्ध आज पनि मजबुत रहेको बताए। उनले नेपालसँगको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनप्रति धन्यवाद ज्ञापन गर्दै, आपसी सम्बन्धलाई अझ मजबुत बनाउने आवश्यकतामा जोड दिनुभयो। उनले रुसमा अध्ययन गरी फर्केका नेपालीहरूले चिकित्सा लगायतका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै रुसको शिक्षास्तरको उच्च गुणस्तरको प्रशंसा गर्नुभयो।

Ads

भेटमा दुबै नेताबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान, साथै शैक्षिक, सांस्कृतिक, पर्यटन, सूचना प्रविधि र लगानीका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार