वैशाख ३१ २०८३, बिहिबार

सामाजिक सञ्जाल बन्द भए देश अस्तव्यस्त हुन्छ : माओवादी केन्द्र

Ads

काठमाडौं, भदौ १९ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको भन्दै विरोध जनाएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले भने, “सरकारले समयमा काम नगर्ने, आवश्यक वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ। यसको हामी विरोध गर्दछौँ।”

Ads

उनका अनुसार सामाजिक सञ्जालमा नियमन आवश्यक भए पनि समस्या पहिचान नगरी सिधै बन्द गर्ने निर्णय गलत हो।

पाण्डेले थपे, “सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले गम्भीरतापूर्वक ख्याल गर्नुपर्छ।”

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार