गत आर्थिक वर्षमा पुर्वी नाकाबाट ३२ करोड बराबरको सिमेन्ट भारत निर्यात
झापा – पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्षमा ३२ करोड रुपैयाँभन्दा धेरै मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।
मेची भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो ।
देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि काँकडभिट्टाबाट भने पहिलो पटक निर्यात भएको बताइएको छ।
प्रतिक्रिया