गौरादहमा SEE नतिजा : संस्थागत विद्यालयको नतिजा उत्कृष्ट, सामुदायिक विद्यालयमा मिश्रित परिणाम
गौरादह । गौरादह नगरपालिकाले सार्वजनिक गरेको शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजाअनुसार संस्थागत विद्यालयको नतिजा सामुदायिक विद्यालयको तुलनामा उत्कृष्ट देखिएको छ।
नगरपालिकाद्वारा सार्वजनिक विवरणअनुसार संस्थागत विद्यालयतर्फ १० विद्यालयका कुल २९४ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २८३ जना उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ९६.२६ रहेको छ।
संस्थागत बिद्यालय तर्फ माउन्ट एभरेष्ट मा वि, बिद्द्योदय मा. वि र इमिनेन्ट कन्चनजङ्घा मा. वि. का १/१ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् भनें सामुदायिक बिद्यालय तर्फ जनता मा वि. गौरादह १ का प्राविधिक तर्फ २ र साधारण तर्फ १ विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । मकालु, बिद्योदय, ज्ञानज्योति , गोल्डेन, दामुना र नमूना अंग्रेजी बिद्यालयले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
त्यस्तै, सामुदायिक विद्यालयतर्फ १० विद्यालयका ६५० विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३४० जना उत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ५२.२४ रहेको नगरपालिकाले जनाएको छ।
i



प्रतिक्रिया