वैशाख ३१ २०८३, बिहिबार

गौरादह नगरपालिकाद्वारा धानको उन्नत बीउमा ४० प्रतिशत अनुदान

Ads


गौरादह, ३० असोज । गौरादह नगरपालिकाले स्थानीय कृषकहरूलाई धानको उन्नत बीउ खरिदमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो।
कृषि विकास शाखाले सार्वजनिक गरेको सूचनाअनुसार प्रदेश सरकार र स्थानीय तहको समन्वयमा कृषकलाई उन्नत जातको धानको बीउमा अनुदान प्रदान गरिनेछ। कार्यक्रममार्फत गुणस्तरीय बीउ प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
इच्छुक कृषकहरूले सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र, अर्थात् २०८३ जेठ ८ गतेसम्म गौरादह नगरपालिका कृषि विकास शाखामा सम्पर्क गर्नुपर्नेछ। बीउको उपलब्धता र मागका आधारमा वितरण गरिने जानकारी दिइएको छ।

Ads

सूचनाअनुसार कृषकहरूले बीउको कुल मूल्यको ६० प्रतिशत रकम स्वयं व्यहोर्नुपर्नेछ भने बाँकी ४० प्रतिशत रकम अनुदानस्वरूप उपलब्ध गराइनेछ।
नगरपालिकाले यो कार्यक्रमले स्थानीय कृषकलाई उन्नत बीउ प्रयोगतर्फ आकर्षित गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार