जेष्ठ १५ २०८३, शुक्रबार

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

Ads

 

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री  ले शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कुल बजेटको आकार सार्वजनिक गरेका हुन् ।
सरकारले चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, आगामी वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारले लिएको छ । बजेट कार्यान्वयनका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना छ ।
सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार