जेष्ठ १५ २०८३, शुक्रबार

ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न सरकारले बाटो खोल्यो

Ads

काठमाडौं, १५ जेठ । सरकारले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमार्फत ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिने भएको छ ।

अर्थमन्त्री ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवर्द्धन गर्न खरिद ग्यारेन्टी सम्झौताको व्यवस्था गरिने बताएका हुन् ।

Ads

सरकारले ग्रिन युरिया उद्योगलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने नीति पनि लिएको छ । यस कदमले स्वदेशमै रासायनिक मल उत्पादन बढाउने तथा आयातमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

यस्तै, हरियो मल प्रवर्द्धनका लागि स्थानीय तहहरूलाई ३६ करोड रुपैयाँ अनुदान विनियोजन गरिएको सरकारले जनाएको छ । सरकारले कृषि उत्पादन वृद्धि र वातावरणमैत्री खेती प्रणालीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम अघि सारेको बताइएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार