असार ०९ २०८३, मंगलबार

गौरादहमा कुटी काट्ने मेसिन वितरणका लागि लाभग्राही छनोट

Ads

 

गौरादह नगरपालिकाले किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कुटी काट्ने मेसिन वितरण कार्यक्रमका लागि लाभग्राही छनोट गरेको छ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत यसअघि प्रकाशित सूचना अनुसार प्राप्त निवेदनको मूल्याङ्कन गरी आर्थिक विकास समितिको २०८३ असार २७ गतेको निर्णयअनुसार लाभग्राही छनोट गरिएको जनाएको छ।
छनोट भएका लाभग्राहीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यक्रमका लागि तोकिएको आफ्नो साझेदारी रकम नगरपालिकाले तोकेको बैंक खातामा जम्मा गरी भौचर/सक्कल रसिद सहित शाखामा सम्पर्क गर्नुपर्ने उल्लेख गरिएको छ। तोकिएको अवधिभित्र रकम जम्मा नगरेमा अवसर स्वतः रद्द भई वैकल्पिक लाभग्राहीलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।
सूचना अनुसार कुटी काट्ने मेसिनको कुल लागत रु. २५,५०० रहेको छ भने लाभग्राहीले ५० प्रतिशत अर्थात् रु. १२,७५० साझेदारी रकम जम्मा गर्नुपर्नेछ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार