उद्यमशीलता प्रवर्द्धन तालिम असार ५ गतेदेखि सञ्चालन हुने
गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि सञ्चालन गर्न लागिएको तीन दिने उद्यमशीलता प्रवर्द्धन तालिम सम्बन्धी सूचना जारी गरेको छ।

नगरपालिकाले यसअघि प्रकाशित सूचनाअनुसार तालिममा सहभागी हुन आवेदन दिएका सबै निवेदकलाई जानकारी गराउँदै तालिम सञ्चालनको मिति, स्थान र समय सार्वजनिक गरेको हो।
प्राप्त जानकारीअनुसार आगामी असार ५ गतेदेखि गौरादह–३ स्थित दशमी पार्टी प्यालेसमा तालिम सञ्चालन हुनेछ। कार्यक्रम दिउँसो ठीक २ बजेदेखि सुरु हुने जनाइएको छ।

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई स्वदेशमै उद्यम तथा स्वरोजगारतर्फ प्रोत्साहन गर्ने उद्देश्यले उक्त तालिम आयोजना गर्न लागेको जनाएको छ।
थप जानकारीका लागि नगरपालिकाले सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

प्रतिक्रिया