असार १० २०८३, बुधवार

गौरादहमा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन हुने

Ads

 

गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत कृषि विकास शाखाले कृषकहरूका लागि निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। कृषि ज्ञान केन्द्रसँगको समन्वयमा सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी भई आफ्नो जग्गाको माटो परीक्षण गराई लाभ लिन नगरपालिकाले कृषकलाई अनुरोध गरेको छ।

Ads

नगरपालिकाले सूचना जारी गर्दै गौरादह नगरपालिका भित्रका सम्पूर्ण कृषकलाई आफ्नो खेतीयोग्य जमिनको माटो परीक्षण गराई उत्पादन व्यवस्थापन तथा माटोको अवस्था बुझ्न आग्रह गरेको हो।

माटो परीक्षणका लागि कृषकहरूले २०८३ असार ३० गतेभित्र आफ्नो जमिनको माटोको नमुना संकलन गरी आवश्यक विवरणसहित गौरादह नगरपालिकाको कृषि विकास शाखामा बुझाउनुपर्ने जनाइएको छ।

Ads

माटोको नमुना बुझाउँदा कृषकको नाम, थर, ठेगाना, खेतीबालीको किसिम, लगाउने बाली र मिति उल्लेख गर्नुपर्नेछ। साथै, माटोको नमुना न्यूनतम ५०० ग्राम (आधा किलो) हुनुपर्ने सूचनामा उल्लेख छ।

माटोको नमुना संकलन गर्ने तरिका सम्बन्धी थप जानकारीका लागि कृषि विकास शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार