असार १० २०८३, बुधवार

सहकारी संस्थालाई दर्ता अभिलेखीकरण गर्न गौरादह नगरपालिकाको आग्रह

Ads

 

गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आफ्नो नियमन अधिकार क्षेत्रभित्र रहेका सहकारी संस्थालाई दर्ता अभिलेखीकरण प्रक्रिया पूरा गर्न सूचना जारी गरेको छ।

Ads

नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पत्रअनुसार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ कार्यान्वयनमा आएको जनाएको छ।

सूचनाअनुसार Financial Cooperative Registration System मार्फत अभिलेखीकरण कार्य सुरु भइसकेको हुँदा सम्बन्धित सबै सहकारी संस्थालाई तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

Ads

नगरपालिकाले २०८२ फागुन ११ गतेभित्र दर्ता अभिलेखीकरण प्रक्रियामा सहभागी भई कारोबार सञ्चालन इजाजतपत्र लिन सम्बन्धित सबै सहकारी संस्थालाई अनुरोध गरेको छ।

नगरपालिकाले समयमै प्रक्रिया पूरा गरी कानुनी तथा प्रशासनिक व्यवस्थाअनुसार सहकारी सञ्चालन गर्न समेत आग्रह गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार