भदौ ०४ २०८३, बिहिबार

निष्क्रिय कर्जा घट्दा गुडविल र बेस्ट फाइनान्सको नाफामा उछाल

काठमाडौँ । निष्क्रिय कर्जा घट्दै जाँदा गुडविल फाइनान्स र बेस्ट फाइनान्सको नाफामा उल्लेख्य वृद्धि भएको छ।

गुडविल फाइनान्सको नाफा २७ गुणाले बढेर आर्थिक वर्ष २०८२/८३ मा १४ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष नाफा ५१ लाख रुपैयाँ थियो। कम्पनीको निष्क्रिय कर्जा ९.८६ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा आएको छ।

यस्तै, बेस्ट फाइनान्सको नाफा ३४ गुणाले बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २० लाख रुपैयाँ नाफा गरेको थियो। यसको निष्क्रिय कर्जा पनि १४.४३ प्रतिशतबाट घटेर १०.७० प्रतिशतमा आएको छ।

May be an image of blueprint and text

दुवै कम्पनीले नोक्सानी व्यवस्थामा राखेको रकम फिर्ता ल्याएपछि नाफामा ठूलो सुधार देखिएको हो। यद्यपि सञ्चित नोक्सानीका कारण तत्काल लाभांश वितरण गर्न सक्ने अवस्था भने छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २१ २०८३,बिहिबार