भदौ ०७ २०८३, आइतबार

होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान सोही होस्टलमा बस्ने १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले बसन्तमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको भनिएका प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण तथा हत्यामा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार